बागलुङ समाज थेगु शाखा कोरियाले जित्यो प्रथम मगर संसार भलिबल कपको उपाधि

पाेखरा | असार १०, २०८१

बागलुङ समाज थेगु शाखा कोरियाले जित्यो प्रथम मगर संसार भलिबल कपको उपाधि

पोखरा:   अनलाइन मगर संसार फोटो फोटो ग्यालरी ग्रुप पेजले आयोजना गरेको प्रथम मगर संसार भलिबल कप २०२४ को उपाधि बागलुङ समाज थेगु शाखा कोरियाले जितेको छ । 


कोरिया थेगु स्थित खुजी भलिबल खेल मैदानमा  २०२४ जून २३ तारिक आइतबारको दिन सम्पन्न भएको फाइनल खेलमा बागलुङ समाज थेगु शाखाले थेसो परिवारलाई पराजित गर्दै उपाधि जितेको हो । 


यस्तै प्रतियोगितामा विश्वकर्मा समाज तृतीय भएको छ ।


प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएकाले टिमले क्रमशः ३० लाख वन, १५ लाख वन र ७ लाख वनसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको मगर संसार फोटो ग्यालरीका संस्थापक अनिल लामिछाने मगरले जानकारी दिए ।


संस्थापक मगरका अनुसार प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो । 


मगर संसार राहतकोश सहयोगार्थ सामाजिक क्षेत्रमा क्रियाशिल मगर संसार फोटो ग्यालरीले कोरियामा रहेका नेपालीहरुलाई एकता र भाइचाराको विकास गर्न पहिलो सर्वाधिक धनराशी भलिबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लामिछाने मगरले बताए ।

 
उनले सामाजिक क्षेत्रसँगै रोजगारीका शिलशिलामा कोरियामा रहेका नेपालीहरुमा एकता बद्ध रुपमा अगाडि बढाउन प्रतियोगितालाई निरन्तरता दिँदै जाने बताए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्